एटीएम फोडेर पैसा चोर्न खोज्ने दुई जना पक्राउ
काठमाडाैं | असार २७, २०८१
काठमाडौं: बुढानिलकण्ठस्थित माछापुच्छ्रे बैंकको एटिएम फोड्नेक्रममा दुई जना पक्राउ परेका छन् ।
वडा नम्बर ३ रुद्रेश्वर चोक स्थित सडकको किनारमा रहेको बैंकको एटिएम तोडफोड गर्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
स्थानीयले बुधबार बिहान ३:१० बजे स्थानीयले एटिएम तोडफोड हुँदै गरेको जानकारी दिएपछि प्रहरी वृत्त महाराजगञ्जको टोलीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउ परेका नुवाकोट ३४ वर्षीय श्यामबहादुर घले र १९ वर्षका सुजन तामाङ रहेका छन् । उनीहरूबाट एटिएम फोड्न प्रयोग हुने विशेष प्रकारको फलामको रड बरामद गरिएको छ । उनीहरूको थप अनुसन्धान भइरहेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

